मुख्य समाचार

गाजामा मृत्यु हुने प्यालेस्टिनीको संख्या ५५ हजार नाघ्यो

गाजामा मृत्यु हुने प्यालेस्टिनीको संख्या ५५ हजार नाघ्यो

एजेन्सी । गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको संख्या ५५ हजार नाघेको छ । 

गाजाका स्वास्थ्य अधिकारीहरूले बुधबार एक विज्ञप्तिमा यसबारे जानकारी दिएका हुन् । विगत २४ घण्टामा इजरायली सेनाले १ सय २० जनाको हत्या गरेको छ । ४ सय ७४ जना घाइते भएका छन् ।

जसबाट अक्टोबर २०२३ को सुरुमा हमास–इजरायल द्वन्द्व शुरु भएदेखि कुल मृत्यु हुनेको संख्या ५५ हजार १ सय ४ र घाइते हुनेको संख्या १ लाख २७ हजार ३ सय ९४ पुगेको छ ।
 
इजरायल र हमासले जनवरी २०२५ मा इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका थिए । यद्यपि दुई महिना पछि इजरायलले दोस्रो चरणको आक्रमण गरेको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *