एजेन्सी । अफगानिस्तानमा भएको सवारीसाधन दुर्घटनामा ७३ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा १७ बालबालिका पनि रहेका छन् । अफगानी आप्रवासीहरू चढेको बस हेरात प्रान्तमा पुग्दा अचानक आगलागी हुँदा चालक सहित बसमा सवार ७१ जनाको मृत्यु भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार हेरात प्रान्तमा नै ट्रक र मोटरसाइकल ठोकिंदा २ जनाको मृत्यु हुँदा ७३ जना मारिएका हुन् । हेरात प्रहरीले बस चालकको अत्यधिक गति र लापरवाहीू का कारण दुर्घटना भएको बताएका छन् ।
बसमा के कति कारणले आगलागी भएको भन्ने बारे अनुसन्धान जारी छ । अफगानिस्तानमा तलीवान सरकारमा ज्यादतीका कारण लाखौ पलायन हुने क्रममा रहेका आप्राबासीहरु चढेको बस दुर्घटनामा परेको हो ।