काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा एन्फा महिला लिग छनोट आजदेखि शुरू हुँदैछ ।
एन्फा कम्प्लेक्स सातदोबाटो र च्यासल रंगशालामा हुने खेलमा १४ वटा टोली सहभागी हुनेछन् । पाँच टोली महिला लिगको अन्तिम चरणका लागि छनोट हुनेछन् ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । राउन्ड रोबिन लिगका आधारमा खेल हुनेछ । समूहका शीर्ष दुई टोली महिला लिगका लागि छनोट हुनेछन् । दुई समूहका तेस्रो हुने टोलीबीचको प्रतिस्पर्धाको विजेता टोली पाँचौं टोलीका रुपमा अन्तिम चरणमा पुग्नेछ ।
छनोटमा न्युरोड टिम एनआरटी, स्टुडेन्ट फुटबल क्लब, सिन्धुपाल्चोक एफसी, आरएस रिसोर्ट एन्ड बीच, राप्ती फुटबल क्लब, एनबीएम पोखरा गल्र्स एफसी, नेपाल खेलकुद क्लबले प्रतिस्पर्धा गर्दैछन् ।
त्यसैगरी लम्की फुटबल एन्ड ट्रेनिङ सेन्टर, झापा एफसी, एफसी रयाले, चर्च ब्वाइज युनाइटेड, छहारी युवा क्लब, बुटवल लुम्बिनी एफसी र सङ्कटा क्लबले पनि छनोटमा छन । प्रतियोगिताको लागि झन्डै ९० लाख रुपैयाँ खर्च हुने एन्फाको अनुमान छ ।