मुख्य समाचार

ट्रम्पद्वारा वाल स्ट्रिट जर्नल र पत्रकारविरुद्ध मुद्दा दायर

ट्रम्पद्वारा वाल स्ट्रिट जर्नल र पत्रकारविरुद्ध मुद्दा दायर

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाल स्ट्रिट जनरलमा प्रकाशित समाचारमा आपत्ति जनाउँदै मुद्दा दायर गरेका छन्।

ट्रम्पले प्रतिष्ठित समाचार संस्था वाल स्ट्रिट जर्नल, त्यसका मालिक रुपर्ट मर्डोक र दुई पत्रकार खादिजा सफदर र जोसेफ पलाजोलोविरुद्ध १० अर्ब डलर क्षतिपूर्तिसहित मानहानी मुद्दा दायर गरेका हुन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ट्रम्पले वाल स्ट्रिट जर्नलमा सन् २००३ मा आफूले विवादास्पद व्यक्ति जेफ्री एप्स्टिनलाई ५०औँ जन्मदिननको अवसरमा शुभकामना पत्र लेखेको र त्यसमा हस्ताक्षर पनि गरेको भनेर प्रशारण गरेको रिपोर्टलाई अस्वीकार गर्दै मुद्दा दायर गरेका हुन् । 

ट्रम्पका वकिल अलेजान्ड्रो ब्रिटोले अदालतमा दायर गरेको मुद्दामा वाल स्ट्रिट जर्नललाई उक्त रिपोर्ट असत्य र बनावटी भएको थाहा हुँदाहुँदै तथ्यमाथि ध्यान नदिई द्वेषपूर्ण ढंगले लेख प्रकाशित गरिएको दाबी गरिएको छ । 

ट्रम्पद्वारा दायर मुद्दामा समाचार प्रकाशित गर्नु अघि नै वाल स्ट्रिट जर्नललाई लेख गलत भएको र प्रकाशित गर्नु हुँदैन भन्ने चेतावनी दिइएको पनि उल्लेख गरिएको छ । मुद्दामा ट्रम्पको प्रतिष्ठा, छवि र आगामी राजनीतिक सम्भावनामा समेत आर्थिक क्षति पुगेको उल्लेख गरिएको छ ।

मुद्दा सुनुवाइको माग गर्दै ट्रम्पका वकिलहरूले अदालतसँग औपचारिक आग्रह गरेको समाचारमा उल्लेख छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *