एजेन्सी । अमेरिकी राष्ट्रिय गुप्तचर संस्थाले सन् २०१६ को राष्ट्रपति निर्वाचनलाई कमजोर पार्ने उद्देश्यसहित ‘देशद्रोही षड्यन्त्र’ भएको दाबी गरको छ ।
अमेरिकी राष्ट्रिय गुप्तचर संस्था निर्देशक तुलसी गबार्डले पुरानो एक गोप्य प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रपति निर्वाचनलाई कमजोर पार्ने उद्देश्यसहित ‘देशद्रोही षड्यन्त्र’ भएको दाबी गरेकी हुन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बुधबार प्रेस सचिव क्यारोलिन लेविटसँगै ह्वाइट हाउसको प्रेस ब्रिफिङमा गबाड अप्रत्यासित रूपमा सार्वजनिक गरेकी हुन् । सन् २०१६ मा डोनालल्ड ट्रम्प राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।
हाउस इन्टेलिजेन्स कमिटीको दस्तावेज अनुसार त्यतिबेला सीआईएसहितका धेरै गुप्तचर प्रतिवेदनहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रम्पलाई निर्वाचनमा जिताउन सहयोग गर्न खोजेको निष्कर्ष निकालेका थिए । गबार्डले बुधबार ह्वाइट हाउसमा उपस्थित भई प्रतिवेदनले ‘गुप्तचर संस्थाहरूको गम्भीर राजनीतिकरण’ गरेको तथ्य प्रस्तुत गरेको बताएकी हुन् । तर, डेमोक्र्याटहरूले भने ह्वाइट हाउसले जेफ्री एप्स्टिनसम्बन्धी मिसिलहरू सार्वजनिक नगर्ने निर्णयबाट उत्पन्न विवादबाट जनताको ध्यान अन्यत्र मोड्ने प्रयास भइरहेको आरोप लगाएका छन् ।
प्रतिवेदनलाई राष्ट्रपति ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामाले आफूलाई रूससँग गलत रूपमा जोड्न खोजेको बताएका छन् । ओबामाले २०१६ को निर्वाचन अभियानलाई कमजोर बनाउने प्रयासको नेतृत्व गरेको आरोप लगाएको भोलिपल्ट सार्वजनिक गरिएको हो ।
ओबामामा प्रवक्ताले भने आरोपहरू हास्यास्पद जनताको ध्यान भड्काउने कमजोर प्रयास बताएका छन् ।