समाज

१८ वर्षीया सम्झना रहस्यमय अवस्थामा मृत फेला, पाँच महिनाअघि गरेकी थिइन् प्रेम विवाह

१८ वर्षीया सम्झना रहस्यमय अवस्थामा मृत फेला, पाँच महिनाअघि गरेकी थिइन् प्रेम विवाह

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका २ सिंहपालमा १८ वर्षीया सम्झना भट्ट रहस्यमय अवस्थामा मृत फेला परेकी छन् । आइतबार साँझ आफ्नै घरमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको हो ।

शव फेला परेपछि माइती पक्षले हत्याको दाबी गर्दै किटानी जाहेरी दिएका छन् । घटनाको अनुसन्धानका लागि प्रहरीले उनका पति २४ वर्षीय पवन भट्टलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहोराका अनुसार, प्रारम्भिक अनुसन्धानमा घटना शंकास्पद देखिएकाले गहिरो अनुसन्धान थालिएको जानकारी दिए ।

‘मृतकको शरीरमा ठूला बाहिरी चोटहरू नदेखिए पनि नङले कोतरेका जस्ता नीलडाम र घाउ चोटहरू छन्,’ डीएसपी बोहोराले भने, ‘यसले घटनालाई आत्महत्या मात्रै मान्न नसकिने आधार दिएको छ ।’

परिवारका सदस्यहरूका अनुसार, सम्झना घरको कोठाभित्रबाट चुक्कुल लगाएर झुन्डिएको अवस्थामा भेटिएकी थिइन् । यद्यपि, माइती पक्षले भने यो कुरा पत्याएका छैनन् । सम्झना र पवनबीच गत फागुनमा मात्रै प्रेम विवाह भएको थियो ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *