मुख्य समाचार

अदालतद्वारा थाई प्रधानमन्त्री पेटोङटार्न बर्खास्त

अदालतद्वारा थाई प्रधानमन्त्री पेटोङटार्न बर्खास्त

एजेन्सी । थाइल्यान्डको संवैधानिक अदालतले प्रधानमन्त्री पेतोङतार्न शिनावात्रालाई पदबाट हटाएको छ । 

अदालतले प्रधानमन्त्री शिनावात्रालाई पदबाट हटाउँदै मन्त्रिपरिषद् विघटन गरेको हो । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार शिनावात्रा सन् २००८ पछि संवैधानिक अदालतले पदबाट हटाएको थाइल्यान्डकी पाँचौं प्रधानमन्त्री बनेकी छिन् ।  कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेनसँगको फोनवार्ता चुहावट भएपछि उत्पन्न विवादका कारण उनी गत जुलाईमा निलम्बनमा परेकी थिइन् । 

उनले थाई सेनाको उत्तरपूर्वी कमान्डरलाई आफ्नो प्रतिद्वन्द्वीका रूपमा उल्लेख गरेको र हुन सेनलाई ‘काका’ भनेर सम्बोधन गरेको कुराकानीले नागरिकमा आक्रोश निम्तिएको थियो । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *