पाल्पा । जनै पूर्णिमा पर्वका अवसरमा पाल्पाको तानसेन बजारमा यो वर्ष खासै चहलपहल देखिएको छैन ।
व्यापार अपेक्षित नभएपछि राखी, जनै, धागो बिक्री गर्ने व्यापारीहरु पनि निरास देखिएका छन । युवाहरुको विदेश मोह र यहाँ बस्नेहरु पनि गाउँमै पसलमा पाइने धागो, राखी, जनै प्रयोग गर्न थालेपछि तानसेनमा बजारमा त्यस्ता सामग्रीको भीड घटेको हो ।
जनैपुर्णिमाको अवसरमा पाल्पाको तानसेन लगायत विभिन्न स्थानका बजारमा भीड लाग्ने गर्दथ्यो । यस यसवर्ष भने बजारमा भीड नै नदेखिएको व्यापारीको गुनासो छ । बजारमा गाउँबाट मान्छे नै नआएको उनीहरु बताउँछन् ।
जनैपुर्णिमाका अवसरमा तानसेनको अमरनारायण, भगवती, शिवालय लगायत मठमन्दिरहरुमा बिहानैदेखि ब्राह्मण, क्षत्री र वैश्य वर्णका तागाधारीले जनै मन्तर गर्ने र रक्षाबन्धनका लागि भीड लाग्ने गर्छ ।
