काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीच टी-२० आई सिरिज हुने भएको छ ।
नेपाल क्रिकेट संघ क्यानले आगामी सेप्टेम्बरमा वेस्ट इन्डिजसँग ३ खेलको टी-२० आई सिरिज हुने घोषणा गरेको हो ।
उक्त सिरिज सेप्टेम्बर २७, २८ र ३० मा यूएईको शारजाह क्रिकेट रंगशालामा हुनेछ । नेपालले पहिलो पटक वेस्ट इन्डिजसँग अन्तर्राष्ट्रिय सिरिज खेल्न लागेको हो । वेस्ट इन्डिजले दुईपटक टी–२० विश्वकप क्रिकेटको उपाधी जितेको थियो ।
यसअघि गत वर्ष वेस्ट इन्डिजको ए टोली नेपालमै आएर टी–२० शृंखला खेलेको थियो ।