मुख्य समाचार

ब्राजिलको पूर्व राष्ट्रपति बोल्सोनारोलाई नजरबन्दमा राख्न सर्वोच्चको आदेश

ब्राजिलको पूर्व राष्ट्रपति बोल्सोनारोलाई नजरबन्दमा राख्न सर्वोच्चको आदेश

एजेन्सी।ब्राजिलको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति जाइर बोल्सोनारोलाई कथित ‘कू प्रयास’ सम्बन्धी मुद्दाको सामना गर्नुअघि गृह नजरबन्दमा राख्ने आदेश दिएको छ ।

र्वोच्च अदालतका न्यायाधीश अलेक्जेन्ड्रे डि मोराइसले  बोल्सोनारोले अदालतको आदेश अवहेलना गरेको आरोप लगाउँदै उनलाई गृह नजरबन्दमा राख्न आदेश दिएका हुन । न्यायाधीश मोराइसले बोल्सोनारोलाई वकिल र अदालतले अनुमति दिएका बाहेक मोबाइल फोन प्रयोग गर्न वा कसैको भेटघाट गर्न पनि प्रतिबन्ध लगाएका छन्।

सोमबार साँझ बोलल्सोनारोको ब्रासिलियास्थित घरमा प्रहरी पुगेर मोबाइल जफत छ । बोल्सोनारोका वकिलहरूले अदालतको आदेशको अपील गर्ने बताएका छन् । अदालतको आदेश  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमाथि भन्सार  प्रतिबन्ध लगाएका बेला आएको हो । जसले द्विपक्षीय सम्बन्धमा थप तनाव ल्याउने अनुमान गरिएको छ ।

अमेरिकी विदेश मन्त्रालयले बोल्सोनारोलाई नजरबन्द राखिएको विषयमा आपत्ति जनाउँदै ब्राजिलका केही न्यायाधीशहरूले लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रता दमन गरिरहेको बताएको छ । बोल्सोनारोमाथि २०२२ को राष्ट्रपति चुनावमा हार स्वीकार नगरी सत्ता उल्ट्याउने प्रयासमा संलग्न भएको अभियोग लागेको छ ।

ट्रम्पले यो मुद्दालाई राजनीतिक प्रतिशोधको संज्ञा दिदै आएका छन । सोही कारण उनले ब्राजिलमाथि बुधबारदेखि लागू हुने गरी ५० प्रतिशत भन्सार शुल्क घोषणा गरेका छन । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *