समाज

जेन-जी आन्दोलनमा ज्यान गुमाएकाको शवयात्रा शुरु

जेन-जी आन्दोलनमा ज्यान गुमाएकाको शवयात्रा शुरु

काठमाडौं । जेन-जी आन्दोलनमा ज्यान गुमाएका १० जनाको आज पशुपतिमा अन्त्येष्टि गरिँदैछ । 

त्रिवि शिक्षण अस्पतालमा रहेका ९ र पाटन अस्पतालमा रहेका १ जनागरी १० मृतकको आज अन्त्येष्टि गर्न लागिएको हो । अन्त्येष्टिअघि शव गाडीमा राखेर नगर परिक्रमा गराइएको छ । 

अन्त्येष्टिमा उनीहरुलाई राष्ट्रिय सम्मान समेत दिइने छ । यसअघि नै जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका केही मृतकको दाहसंस्कार भइसकेको छ । थप १० जनाको चाहिँ आज हुन लागेको हो । 

सरकारले मृतकहरूको राष्ट्रिय सम्मान दिएर अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ । त्यस्तै, सरकारले मृत्यु हुनेको परिवारलाई १० लाख क्षतिपूर्ति र अन्य खर्च बापत ५ लाख गरेर १५ लाख रुपैयाँ दिने निर्णय समेत गरेको छ । 

यसका लागि अर्थ मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन मार्फत मृतक परिवारलाई रकम हस्तान्तरण गर्ने बताइएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *