मुख्य समाचार

संसद्काे अवराेध खुलाउनेबारे प्रमुख सचेतकहरूसँग छलफलमा सभामुख

संसद्काे अवराेध खुलाउनेबारे  प्रमुख सचेतकहरूसँग छलफलमा सभामुख

काठमाडौ । सभामुख देवराज घिमिरेले संसद् भवन बानेश्वरमा प्रमुख ५ दलका सचेतकहरूसँग छलफल जारी राखेका छन् ।

छलफलमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, उपसभामुख इन्दिरा राना, एमाले मुख्य सचेतक महेशकुमार बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार र राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही सहभागी छन् ।

सभामुख घिमिरेले संसद्‍मा जारी अवरोधबारे आज बिहान मात्रै रास्वपा कार्यवाहक अध्यक्ष डीपी अर्याल र प्रमुख सचेतक परियारसँग बालुवाटारमा छलफल गरेका थिए ।

भिजिट भिसा प्रकरणमा संसदीय वा न्यायिक छानबिन समिति गठनको माग गर्दै रास्वपाले प्रतिनिधिसभाको आइतबारको बैठकमा ‘वेल’ घेराउ र नाराबाजी गरेको थियो । विपक्षीले विरोध गरे पनि सभामुख घिमिरेले बैठकको कार्यसूची अघि बढाएका थिए ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको पनि संलग्नताको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी माओवादी, विपक्षीहरू रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायतले जेठ १३ देखि प्रतिनिधिसभा बैठकमा विरोध गर्दै आएका थिए ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *