समाज

सञ्चार माध्यमहरुविरुद्ध भइरहेका गतिविधि रोक्न मिडिया अलाइन्सको ऐक्यबद्धता

सञ्चार माध्यमहरुविरुद्ध भइरहेका गतिविधि रोक्न मिडिया अलाइन्सको ऐक्यबद्धता

काठमाडौं । मिडिया एलाइन्स नेपालले सञ्चार माध्यमहरुविरुद्ध भइरहेका गतिविधि रोक्न ऐक्यबद्धता जनाएको छ । 

सोमबार नेपाल रिपब्लिक मिडिया नेतृत्वसँग भएको छलफलमा मिडिया अलाइन्स नेपालको प्रतिनिधिमण्डलले पछिल्लो समय आम सञ्चार माध्यममाथि भइरहेको प्रहारविरुद्ध ऐक्यवद्धता जनाएको हो । 

नेपाल रिपब्लिक मिडियाका निर्देशक शोभा ज्ञवालीलाई धम्की दिएको घटनाविरुद्ध एलाइन्सका अध्यक्ष भाष्करराज राजकर्णिकार, आर्थिक दैनिकका प्रकाशक प्रह्लाद रिजाल र राजधानी दैनिकको प्रकाशन संस्था राजधानी न्युज पब्लिकेसन्सका अध्यक्ष सचिन सेरचनले नेपाल रिपब्लिक मिडियाको सुन्धारास्थित कार्यालयमा पुगेर ऐक्यबद्धता जनाएका हु्न् । 

सो क्रममा पछिल्लो समयमा समग्र प्रेसमाथि भइरहेका सिलसिलाबद्ध आक्रमणका बारेमा पनि छलफल भएको थियो । रिपब्लिक मिडियाका अध्यक्ष विनोदराज ज्ञवाली, निर्देशक शोभा ज्ञवालीले घटनाबारे जानकारी गराएका थिए । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *