समाज

सुनचाँदी व्यवसायीहरुले तिन बुद्धे माग राख्दै शुुरु गरे रिले अनसन

सुनचाँदी व्यवसायीहरुले तिन बुद्धे माग राख्दै शुुरु गरे रिले अनसन

काठमाडौं । सुनचाँदी व्यवसायीहरुले तिन बुद्धे माग राख्दै रिले अनसन शुुरु गरेका छन् । 

सुनमा लगाइएको विलासी कर , भ्याट खारेज र निर्देशिका जारी हुनुपर्ने माग गर्दै नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिको अगुवाईमा शान्ति वाटीकामा रिले अनसन शुुरु गरिएको हो । शान्तिपूर्ण प्रर्दशन पश्चात चौथो चरणको विरोध कार्यक्रम अनुसार रिले अनसन शुुरु गरिएको व्यवसायीहरुको भनाई छ । 

सरकारले आफुहरुको माग नसुनेको भन्दैं आमरणमा अनसन समेत वस्ते व्यवसायीहरुले चेतावनी दिएका छन् । विलासी करका कारण सुन थप महंगोमा पर्न गई उपभोक्तालाई समेत मर्का पर्ने र व्यवसायबाट पलायन हुनुपर्ने उनीहरुको भनाई छ । 

यहि अवस्थामा बजेट पारीत भए हजारौँ कालिगढहरु बेरोजगार हुनपर्ने अवस्था आउने भन्दैं आफुहरु निरन्तर आन्दोलनमा रहेको नेपाल राष्ट्रिय सुनचाँदी कालिगढ संघले जनाएको छ । 

नेपालभर २० हजार व्यवसायीहरु र २ लाखको हाराहारी कालिगढहरु रहेको बताइएको छ । सुनचाँदीको नीति नियम नहुँदा व्यवसाय गर्न समस्या परेको उनीहरुको भनाई छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *