समाज

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकामा सोलार वितरण

सुर्खेत । विद्युत् पहुँच नभएका डोल्पाका पाँच पालिकाभित्र स्थानीयवासीलाई सोलार (सौर्य ऊर्जा) वितरण शुरु गरिएको छ ।

खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय, डोल्पामा प्रमुख प्रकाश गिरीका अनुसार ७०५ घरधुरीलाई सोलार वितरणको काम शुरु भएको छ । छार्काताङसोङ गाउँपालिकाको छ वटा वडाहरुमा ६६ लाख आर्थिक सहयोगमा ३५० घरधुरीलाई सोलार वितरणको काम शुरु भएको छ ।

त्यस्तै, काइके गाउँपालिकाको दलित बस्ती रहेको वनढाडामा २० लाखको ७५ घरधुरीलाई सोलार वितरणको काम समेत भइरहेको प्रमुख गिरीले बताए । डोल्पोबुद्ध गाउँपालिका–६ मा रु २५ लाख लागततमा ८० घरधुरीलाई सोलार वितरणको कार्य सुरु गरिएको छ । उपल्लो डोल्पाकै शे फोक्सुण्डो गाउँपालिका–१ मा २० लाखमा ४५ घरधुरीलाई सोलार वितरणको काम भएको उनले जानकारी दिए ।

ठूलीभेरी नगरपालिका–११ स्थित गाउँमा स्थानीयवासी र कार्यालयको साझेदारीमा ३० लाखमा १५५ घरधुरीलाई सोलार वितरणको काम अन्तिम चरणमा पुगेको छ । विद्युतको पहुँच नपुगेका कर्णालीका जिल्लाहरुमा विद्युतको पहुँच विस्तार गर्ने कार्यक्रम अन्तर्गत सोलार वितरण गरिएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *