मुख्य समाचार

समाजवादी मोर्चाको बैठक आज बस्दै

समाजवादी मोर्चाको बैठक आज बस्दै

काठमाडौं । चार दलीय समाजवादी मोर्चाको बैठक आज बस्ने भएको छ । 

बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा ३ बजे बस्ने भएको हो । 

बैठकमा समसामयिक राजनीतिबारे समीक्षा, मोर्चालाई थप प्रभावकारी बनाउने, नीति तथा कार्यक्रम ल्याउने विषयमा छलफल हुने बताइएको छ । 

मोर्चाले चैत १५ गते काठमाडौंमा विरोधसभा गरेपछि त्यसयता कुनै कार्यक्रम गरेको छैन । गतवर्ष साउन १ गते मोर्चा पुनर्गठन भएपछि मोर्चामा नेकपा, माओवादी, एकीकृत समाजवादी र नेपाल समाजवादी पार्टी रहेका छन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *