समाज

पूर्वाधार विकास समितिका सदस्यहरूद्वारा ग्वार्को फ्लाई ओभरको स्थलगत अनुगमन

पूर्वाधार विकास समितिका सदस्यहरूद्वारा ग्वार्को फ्लाई ओभरको स्थलगत अनुगमन

काठमाडौं । सङ्घीय संसदअन्तर्गत प्रतिनिधि सभाको पूर्वाधार विकास समितिका सदस्यहरूले ललितपुरको ग्वार्कोस्थित फ्लाई ओभरको स्थलगत अनुगमन गरेका छन् । 

समितिका सभापति दीपकबहादुर सिंहको संयोजकत्वमा समितिका सदस्यहरूले फ्लाई ओभरको स्थलगत अनुगमन गरेका हुन् । सो अवसरमा समितिका सभापति सिंहले पहिलो पटक निर्माण भएकोले यसलाई सकारात्मक सोच्नुपर्ने बताए । 

उनले जामलाई व्यवस्थित र नियन्त्रण गर्न एउटा मात्रै फ्लाई ओभरले नपुग्ने बताउँदै १७/१८ ठाउँमा बताउनुपर्नेबताए । उनले फ्लाई ओभर ब्रिजमाथि जाम नभए पनि तल्लो सडकमा जाम हुने जिकिर गर्दै त्यसको नियन्त्रणको लागि पनि नीति बनाएर काम शुरु गर्नुपर्नेमा जोड दिए । 

स्थलगत अनुगमनका क्रममा नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले फ्लाई ओभर आफैँमा नयाँ प्रोजेक्ट भएकोले निर्धारित बजेट मै सम्पन्न हुनु सुखद् पक्ष भएको बताए । उनले ट्राफिक लाइट र दुर्घटना न्युनिकरणको लागि सिसिटिभी क्यामेरा जडान लगायतका प्राविधिक हिसावले यात्रालाई सुरक्षित बनाउन सरकारले ध्यान दिनुपर्ने बताए उनले फ्लाई ओभरसँगै यसको दायाँबायाँबाट हुने यात्रालाई सुरक्षित बनाउन सुरक्षा मापदण्डको खोजी हुने भएकोले त्यसमा सरकारले गम्भीर रूपमा ध्यान दिनुपर्नेमा जोड दिए । 

२०७८ फागुनमा ओभर पास निर्माण दुई वर्षभित्र सक्ने गरी शुरु गरिए पनि पटक–पटक म्याद थप र निर्माणको डिजाइन नै परिवर्तन गरी ३९ महिनामा फ्लाई ओभरको निर्माण सम्पन्न भएको हो । उक्त फ्लाई ओभरको शुक्रबार प्रधानमन्त्री के.पी. शर्मा ओलीले उद्घाटन गर्ने कार्य तालिका रहेको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *