समाज

साउन २६ गतेदेखि कोरियन भाषा परिक्षाको आवेदन खुल्दै

साउन २६ गतेदेखि कोरियन भाषा परिक्षाको आवेदन खुल्दै

काठमाडौं । दक्षिण कोरियाले सन् २०२५ का लागि भाषा परीक्षा सञ्चालन गर्ने भएको छ । साउन २६ गतेदेखि ३१ गतेसम्म भाषा परीक्षाका लागि आवेदन खुला गर्ने कोरियाली मानव संसाधन विकास सेवा (एचआरडी कोरिया) ले जनाएको छ ।

एचआरडी कोरियाले वेबसाइटमार्फत् यो जानकारी दिएको हो । यस्तै कोरियाले कुन कुन क्षेत्रका लागि परीक्षा हुने र कति संख्यामा लैजाने भन्ने विषयमा अझै खुलाएको छैन ।

कोरियाली भाषा अध्ययन गरिरहेका धेरै युवाहरू अहिले परीक्षाको पर्खाइमा छन् । दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्र, कृषि, पानीजहाज निर्माण लगायत क्षेत्रमा श्रमिक लैजाँदै आएको छ ।

कोरियाले नेपालबाट सन् २००८ देखि इपिएस प्रणालीबाट श्रमिक लैजान थालेको हो । पछिल्ला वर्षहरूमा वार्षिक १० हजार हाराहारीमा नेपालीहरू श्रमीकहरु कोरियाले लैजाँदै आएको छ ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *