मुख्य समाचार

नेपालमा ३० वर्ष माथिका ७० प्रतिशत विवाहित जोडीहरुमा यौन दुर्वलता

नेपालमा ३० वर्ष माथिका ७० प्रतिशत विवाहित जोडीहरुमा यौन दुर्वलता

काठमाडौ । नेपालमा ३० वर्ष भन्दा माथिका विवाहित जोडीमा ७२ प्रतिशत पुरुष र ६७ प्रतिशत महिलामा यौन दुर्वलता रहेको अध्ययनले देखाएको छ । आज  काठमाडौंमा सार्वजनिक गरिएको एक अध्ययनले ३० वर्ष भन्दा माथिका विवाहित जोडीहरुमा यो समस्या बढी रहेको देखाएको हो । त्यसमा पनि ३२ देखि ३९ वर्ष उमेर समूहका मानिसहरुको संख्या बढी रहेको छ । कार्यक्रममा अनुसन्धानकर्ता डा खेम कार्कीले नेपालमा यौन दुर्बलता डरलाग्दो रुपमा देखिएको जानकारी दिए । 
नेपालमा ३० वर्षमाथिका विवाहित जोडीहरुमध्ये ७३ दशमलब ७ प्रतिशतमा यौन दुर्बलता रहेको अध्ययनले देखाएको छ । ३० वर्षमाथिका ७२ प्रतिशत पुरुषमा यौन दुर्बलताको समस्या रहेको छ भने ३० वर्षमाथिका ६७ प्रतिशतमा महिलाहरुमा यो समस्या देखिएको छ । प्रदेशगत रुपमा हेर्दा पुरुषहरुमा सबैभन्दा बढी यौन दुर्बलता कर्णाली प्रदेशका पुरुषमा रहेको पाइएको छ । महिलामा सबैभन्दा बढी यौन दुर्बलता मधेस प्रदेशमा रहेको छ । यो अध्ययन ३० वर्षमाथिका विवाहित जोडीमा गरिएको अध्ययन हो । अध्ययनअकाअनुसार हिमाली क्षेत्रका पुरुषहरुमा बढी यौन दुर्बलता रहेको छ । हिमाल र पहाड क्षेत्रका महिलाहरुमा करिव उस्तै उस्तै यौन दुर्बलता रहेको पाइएपनि तराईका महिलाहरुमा बढी यौन दुर्बलता रहेको अध्ययनले देखाएको छ । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *