काठमाडौं । नेपालकै सबैभन्दा भरपर्दो स्मार्टफोन ब्रान्ड सामसुङले ग्यालेक्सी एम सिरिजमा नयाँ ग्यालेक्सी एम-३६ फाइभ जी मोबाइल नेपालमा ल्याएको छ ।
सामसुङले एक कार्यक्रमको आयोजना गरी नयाँ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको हो । भेल्भेट ब्ल्याक र सेरेन ग्रिन रंगमा उपलव्ध स्मोर्टफोन नेपालभरका आधिकारिक स्वरुमहरुमा पाइने सामसुङले जनाएको छ ।
दुई भेरियन्टमा उपलव्ध आठ जिबी प्लस एक सय २८ जिबी स्मार्टफोनको मूल्य ३६ हजार ९ सय ९९ रुपैयाँ र ८ जिबी प्लस २ सय ५६ जिबी स्मार्ट फोनको मूल्य ४१ हजार ९ सय ९९ रुपैयाँ पर्नेछ । ग्यालेक्सी एम थट्टी सिक्स पाँइभ जीमा एआई इनोभेसन लगायतका विशेषता रहेका छन् ।
गुगलसँगको सर्कल टु सर्च र जेमिनी लाइभ जस्ता फिचरहरु मार्फत नयाँ स्मार्ट फोनले एआईलाई अझ नजिक ल्याएर तस्बिर चिन्ने वा एआई असिस्टेन्टसँग लाइभ कुराकानी गर्न सहज हुने सामसुङले जनाएको छ ।
७ दशमलव ७ एमएम पातलो नयाँ स्मार्ट फोनमा भएको क्यामेराले स्टेबल भिडियो र कम प्रकाशमा पनि उत्कृष्ट तस्बिरहरु खिच्ने सामसुङले जनाएको छ । ६ वर्षको सुरक्षा अपडेटसहित नयाँ स्मार्टफोनमा क्लीनर होम स्क्रिन, अपडेट विगेट्स र नन बार जस्ता नयाँ फिचरहरु रहेका छन् ।