काठमाडौं । नेपालले बंगलादेशको राजधानी ढाकामा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो दोस्रो खेल आज खेल्दैछ ।
दोस्रो खेलमा नेपाल आयोजक बंगलादेशसँग भिड्न लागेको हो । उत्कृष्ट लयमा रहेको नेपाल र बंगलादेशबीचको खेल रोचक हुने अनुमान गरिएको छ । खेल आज साँझ ढाकास्थित बसुन्धरा किङ्स एरिनामा हुनेछ ।
नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार भुटानलाई ६-१ गोलअन्तरले हराएको थियो । यस्तै, बंगलादेशले पहिलो खेलमा श्रीलंकालाई ९– १ ले हराएको थियो । प्रतियोगितामा नेपाल र बंगलादेशले समान ३ अंक जोडेपनि गोल अन्तरमा बंगलादेश अघि छ ।
चार टोली सम्मिलित प्रतियोगिता डबल राउण्ड रोबिन पद्धतिमा सञ्चालन भइरहेको छ । शीर्ष स्थानमा रहने टोली नै च्याम्पियन घोषित हुनेछ ।