मुख्य समाचार

साफ महिला यू–२० च्याम्पियनसिप : बंगलादेशले जित्यो उपाधि

साफ महिला यू–२० च्याम्पियनसिप : बंगलादेशले जित्यो उपाधि

काठमाडौं । बंगलादेशले साफ बीस वर्ष मुनि महिला फुटबलको उपाधि जितेको छ । 

अन्तिम खेलमा नेपाललाई ४–० ले हराउँदै बंगलादेशले पाँचौं पटक उपाधि हात पारेको हो । नेपाल भने तेस्रो पटक उपविजेतामा सिमित बनेको छ । 

नेपालविरुद्ध एकतर्फी जित निकाल्ने क्रममा बंगलादेशका लागि सागरिकाले सबै चार गोल गर्दै टिमलाई उपाधि दिलाइन् । पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा थप ३ गोल खाँदै पराजित भएको हो ।  

४ टोली सहभागी प्रतियोगितामा डबल राउन्डरोविनका आधारमा शीर्ष स्थानमा रहने टिम च्याम्पियन बन्ने कार्यतालिका अनुसार बंगलादेश अपराजित रहँदै च्याम्पियन बनेको हो । सबै ६ खेलमा जित निकाल्दै बंगलादेश १८ अङ्क बनाएर शीर्ष स्थानमा रह्यो भने  नेपाल १२ अङ्कमा रोकियो । 

नेपालले दुवै खेल बंगलादेशसँग हारेको हो । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *