मुख्य समाचार

साफ यु–१९ च्याम्पियनसिप : आज नेपाल र भारत भिड्दै

साफ यु–१९ च्याम्पियनसिप : आज नेपाल र भारत भिड्दै

काठमाडौं । साफ उन्नाइस वर्ष मुनिको फुटबलमा आज नेपाल र भारतले प्रतिस्पर्धा गर्दैछन ।  

अरुणाचल प्रदेशको युपियास्थित गोल्डेन जुबिली रंगशालामा हुने खेल नेपाली समय अनुसार राति पौने ८ बजे शुरु हुनेछ । उक्त खेलमा दुवै टोलीको ध्यान भने समूह ‘बी’ को शीर्ष स्थान कब्जा गर्नेमा रहेको छ । 

दुबै टोलीले पहिले नै सेमिफाइनलको स्थान सुरक्षित गरिसकेका छन । दुवै टोलीका लागि यो अन्तिम समूह चरणको खेल निर्णायक बन्नेछ ।  पहिलो खेलमै भारतले प्रतियोगिताकै कमजोर टोली श्रीलंकाविरुद्ध  ८–० को फराकिलो जित निकालेको छ । 

नेपालले पनि श्रीलंकालाई पाँच शुन्यले हराएको छ भारतलाई समूह विजेता बन्न गोलरहित बराबरीको नतिजा नै पर्याप्त हुनेछ । तर, नेपाललाई जितको विकल्प छैन । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *