काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ साफ १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता अन्तर्गत आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।
उपाधि जित्ने होडबाट बाहिरिसकेको नेपालले साँझ ६ बजे भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो । डबल राउन्ड रोबिन लिगमा जारी प्रतियोगितामा भारत १२ अंकका साथ पहिलो स्थानमा छ भने तीन अंकका साथ नेपाल तेस्रो स्थानमा छ ।
घरेलु मैदानमा कुनै जित ननिकालेको भुटान चौथो स्थानमा छ । नौ अंकका साथ बङ्गलादेश दोस्रो स्थानमा छ ।
प्रतियोगितामा यिनै चार देश सहभागी छन् । तालिका अनुसार भदौ १५ गते भुटानसँग नेपाल भिड्ने छ ।