मुख्य समाचार

किरण चेम्जोङ बंगलादेशको शीर्ष डिभिजन क्लबमा अनुबन्धित

किरण चेम्जोङ बंगलादेशको शीर्ष डिभिजन क्लबमा अनुबन्धित

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरणकुमार चेम्जोङले बंगलादेशको शीर्ष डिभिजन लिग खेल्ने भएका छन् । 

उनलाई बंगलादेश पुलिस क्लबले अनुबन्ध गरेको हो । किरणको यो चौथो विदेशी क्लब हो । यसअघि उनले माल्दिभ्सको ट्रस्ट एन्ड केयर स्पोर्टस र माजिया तथा भारतको मिनर्भा पञ्जाब क्लबबाट खेलिसकेका छन् । 

किरण बंगलादेश पुलिसमा अनुबन्ध हुने दोस्रो नेपाली खेलाडी हुन् । यसअघि क्लबले विंगर आयुष घलानसँग सम्झौता गरेको थियो । दुवै जना खेलाडी बंगलादेश पुगिसकेका छन् । 

नेपाली राष्ट्रिय टोलीका रक्षक अभिषेक लिम्बुले पनि रहमतगञ्ज एमएफएसबाट बंगलादेशी लिग खेल्ने तय भएको छ ।
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *