मुख्य समाचार

रुस-युक्रेन वार्ता : बन्दी रिहा गर्ने सहमति

रुस-युक्रेन वार्ता : बन्दी रिहा गर्ने सहमति

एजेन्सी । टर्कीको इस्तानबुलमा भएको छोटो वार्तामा रुस र युक्रेन दुवै पक्षले थप कैदीहरू साटासाट गर्ने सहमत भएका छन् । 

युद्धविराममा कुनै ठोस प्रगति भएको छैन । युक्रेनका प्रमुख वार्ताकार रुस्तेम उमेरोभले अगस्ट अन्त्यअघि युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेंस्की र रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनबीच प्रत्यक्ष भेटको प्रस्ताव राखेको जानकारी दिए । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार रूसले ३ हजार भन्दा बढी मृत सैनिकको शव फिर्ता गर्ने तयारी गरेको रूसी वार्ताकार भ्लादिमिर मेडिन्स्कीले बताएका छन् । युक्रेनी राष्ट्रपति जेलेंस्कीका अनुसार, रूससँग वार्तापछि थप युक्रेनी युद्धकैदीहरू घर फर्काइएको बताएका छन् ।  

हालसम्म १ हजार भन्दा बढी युक्रेनी सैनिकहरू फर्किसकेका छन् ।  साटासाटमा कति रूसी सैनिक  फर्काइए भन्ने खुलाइएको छैन 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *