मुख्य समाचार

युक्रेनमा रुसले आक्रमण बढाउन सक्छ : जेलेन्स्की

युक्रेनमा रुसले आक्रमण बढाउन सक्छ : जेलेन्स्की

एजेन्सी । अलास्का वार्तापछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले आफ्नो देशविरुद्ध आक्रमण बढाउन सक्ने आशंका प्रकट गरको छन् । 

वार्ता लगत्तै जेलेन्स्कीले युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसी सेनाले युक्रेनका सैन्य अड्डामा हमला बढाउन सक्ने शंका गरेका हुन् । उनले सामाजिक सञ्जाल एक्समा युक्रेनको राजनीतिक र कूटनीतिक अवस्थाका आधारमा रुसी सेनाले युक्रेनी अड्डाहरूमा दबाब र आक्रमण बढाउन सक्ने अनुमान उल्लेख गरेका हुन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार राष्ट्रपति जेलेन्स्कीले युक्रेनले रुसी सेनाको अभियान र तयारीको निगरानी गरिरहेको छ र आवश्यक परे बदला लिने पनि उल्लेख गरेका छन । यसअघि जेलेन्स्कीले अमेरिकाका राष्ट्रपति ट्रम्पसँगको कुराकानीबारे जानकारी दिएका थिए । 

त्रिपक्षीय बैठक भएन वा रुसले इमान्दारीपूर्वक युद्ध अन्त्य गर्नबाट पन्छिन खोज्यो भने उसविरुद्ध प्रतिबन्ध अझ कडा पारिनुपर्ने उनको भनाइ छ । युक्रेनमा युद्ध अन्त्य गर्ने विषयमा शनिबार रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच अमेरिकाको अलास्कामा भेटवार्ता भएको थियो । 

ठोस सहमति नभए पनि फेरि युक्रेनसहित त्रिपक्षीय बैठक हुने संकेत दुवै नेताले गरेको समाचारमा उल्लेख छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *