मुख्य समाचार

रुसले युक्रेनी सैनिकविरुद्ध रासायनिक हतियारको प्रयोग तीव्र बनाएको दाबी

रुसले युक्रेनी सैनिकविरुद्ध रासायनिक हतियारको प्रयोग तीव्र बनाएको दाबी

एजेन्सी । रुसले युक्रेनी सैनिकविरुद्ध रासायनिक हतियारको प्रयोग तीव्र बनाएको नेदरल्याड्स र जर्मन गुप्तचर एजेन्सीले जनाएका छन् ।

रुसी सेनाले घाँटीमा असर गर्ने क्लोरोपिक्रिन प्रयोग गरिरहेको आफूसँग प्रशस्त प्रमाण रहेको ती एजेन्सीले जनाएका हुन् । डच सैन्य गुप्तचर र सुरक्षा सेवाका प्रमुख पिटर रिसिंकले यो आफ्नै अनुसन्धानमा आधारित निष्कर्ष भएको बताए । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार जर्मनीको गुप्तचर एजेन्सीले पनि उक्त निष्कर्षलाई पुष्टि गर्दै रुसी सेनाले युक्रेनमा अश्रुग्यासका साथै धेरै खतरनाक रासायनिक क्लोरोपिक्रिन प्रयोग गरिरहेको जनाएको छ । रुसले रासायनिक हतियार हजारौँपटक प्रयोग गरेको उनको भनाइ छ ।

रुसले निषेधित हतियार प्रयोग गरेको अस्वीकार गर्दै आएको छ । युक्रेनले पनि यस्तै आरोप अस्वीकार गरेको छ । रासायनिक हतियारको प्रयोग अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लंघन मानिन्छ । रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जखारोवाले देशको संघीय सुरक्षा सेवाले बुधबार पूर्वी भागमा युक्रेनी हतियारको भण्डार फेला पारेको जिकिर गरेकी छिन । त्यसमा क्लोरोपिक्रिन समावेश रहेको उनले बताइन् । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *