मुख्य समाचार

रुसद्वारा १२ सय १२  युक्रेनी सैनिकहरूको शव फिर्ता

रुसद्वारा १२ सय १२  युक्रेनी सैनिकहरूको शव फिर्ता

एजेन्सी । रुसले  १२ सय १२ जना युक्रेनी सैनिकहरूको शव फिर्ता युक्रेनलाई फिर्ता गरेको छ । 

यो सैनिकहरूको शव फिर्तालाई पछिल्लो महिनामा इस्तानबुलमा सम्पन्न शान्ति वार्ताको सम्झौता अनुसार गरिएको हो 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यसलाई युद्ध शुरु भएको तीन वर्षभन्दा बढी समयपछि भएको सबैभन्दा ठुलो शव फिर्ता प्रक्रिया मध्येको एक मानिएको छ ।

तर, मास्कोले यो प्रक्रिया एकतर्फी भएको दाबी गर्दै आएको छ। युक्रेनले आफ्ना मृतक सैनिकहरूको शव फिर्ता भने नगरेको आरोप लगाइएको छ । रुसले  १२ सय १२ जना युक्रेनी सैनिकहरूको शव फिर्ता गर्दा युक्रेनले २७ रुसी सौनीकहरुको शव फिर्ता गरेको छ । 

गत साता टर्कीमा भएको शान्ति वार्ताको सम्झौताले दुवै पक्षले ६,००० मृत शरीरहरू आदानप्रदान गर्ने, बिरामी र गम्भीर घाइते युद्ध कैदीहरूको पनि आदानप्रदान गर्ने सहमति भएको समाचारमा उल्लेख छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *