मुख्य समाचार

रुबि साहको हत्या प्रकरणको आरोपी जलेको अवस्थामा फेला

रुबि साहको हत्या प्रकरणको आरोपी जलेको अवस्थामा फेला

काठमाडौ । रौतहटको गौर नगरपालिका ९ मुडवलवा नजिक सुटकेसभित्र मृत अवस्थामा भेटिएकी रुबि साहको हत्या प्रकरणमा संलग्न भएको आरोप लागेका व्यक्ति जलेको अवस्थामा फेला परेका छन । हत्याका आरोपित लक्ष्मण पासवानले आज बिहान आफूलाई आगो लगाएको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरिक्षक नेत्रमणी गिरीले बताए । माधव नारायण नगरपालिका–६ स्थित नहर अगाडि बिहान करिब साढे छ बजे एक जना व्यक्तिले आत्मदाह गर्न लागेको सूचना पाएपछि पुगेको प्रहरीले पासवानलाई घाइते अवश्थामा फेला पारेको हो । आफ्नै शरीरमा पेट्रोल हालेर आगो लगाइ गम्भीर घाइते भएका पासवानलाई प्रहरीकोले उपचारका लागी गरुडामा रहेको एक अस्पतालमा भर्ना गरेको छ । प्रहरीले पक्राउ गर्ने सम्भावना देखिएपछि उनले आत्मदाहको प्रयास गरेको बताइएको छ । गत शनिवार राति रुबि साहको शव सुटकेसभित्र फेला परेपछि घटनामा पासवानमाथि मुख्य संलग्नताको आरोप लागेको थियो । रुबी र लक्ष्मण पूर्व प्रेमी प्रेमिका भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रौतहटको माधव नारायण नगरपालिका–२ की २६ वर्षीय रुबी कुमारी साहको गत शनिबार हत्या भएको थियो । उनको सब सुटकेसमा आईतबार फेला परेको थियो ।। 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *