एजेन्सी । रुसमा ४९ जना सवार एक बिमान दुर्घटना भएको छ ।
अंगारा एयरलाइन्सको एन–२४ विमान रुसको अमुर क्षेत्रबाट टाइन्डा शहरतर्फ उडान भरेको केही समयमा नै बेपत्ता भएको थियो । बेपत्ता विमान पुर्वी क्षेत्रमा दुर्घटना भएको अवस्थामा फेला परेको हो ।
रुसको एयर ट्राफिक कन्ट्रोलका अनुसार उक्त बिमान चीन र रुसको सिमानामा रहेको पूर्वी अमूर क्षेत्रमा पुग्दा सम्पर्क बिहिन भएको थियो । दुर्घटनामा भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेपनि विमानमा सबार सबैको मृत्यु भएको स्थानीय समाचार एजेन्सीहरुले जनाएका छन् ।
रूसी उद्धारकर्ताहरूले विमान पुर्ण रुपमा जलेको अवस्थामा फेला पारेको रूसको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । विमानमा ५ बालबालिकासहित ४३ जना यात्रु र चालकदलका ६ सदस्य सबार रहेको समाचारमा उल्लेख छ ।