समाज

कोशी प्रदेशबाट अन्य मुलुकतिर फर्कियो मनसुन, तराईमा अधिक गर्मी

कोशी प्रदेशबाट अन्य मुलुकतिर फर्कियो मनसुन, तराईमा अधिक गर्मी

काठमाडौं । मनसुन कोशी प्रदेशबाट अन्य मुलुकतिर फर्केको छ । नेपालमा मनसुन खण्डित भएको छ । 

जेठ १५ गते राति नेपाल भित्रिएको मनसुन देशभर फैलन नसकी कोशी प्रदेशबाटै अन्यत्र बाहिरिएको हो । जसकारण नेपालमा मनसुनी वर्षा निस्क्रिय बनेको छ ।  मनसुन देशव्यापी रूपमा विस्तार हुन नसक्दा विभिन्न भेगमा अचाक्ली तापक्रम बढेसँगै खडेरी हुन थालेको छ । 

पूर्वी एसिया क्षेत्रमा भने बलियो न्यूनचापीय क्षेत्र बनेकाले मनसुनी वायु नेपालको कोशीबाट तानिएर उता सोहोरिएको मौसमविदको भनाइ छ । कोशीमा आएर अड्केको मनसुनी वायुले वातावरण बनाउँदा त्यही बनेका स्थानीय प्रणालीसँग मिसिएर अहिले पनि हल्कादेखि मध्यम वर्षा गराइरहेको छ । 

यो वर्ष जल तथा मौसम विज्ञान विभागले मनसुनमा सरदरभन्दा बढी वर्षा हुने पूर्वानुमान गरेको छ । यो वर्ष तापक्रम पनि उच्च रहने प्रक्षेपण विभागले गरेको छ । यसलाई पनि अहिलेको मनसुन ब्रेकले सघाएको छ । कोशीबाहेकका छ वटा प्रदेशमा गर्मी बढ्दै गएको छ । 

सुदूरपश्चिम र मध्यक्षेत्रका तराई भू–भागमा गर्मी अधिक बढेको छ । धनगढी, नेपालगन्ज, भैरहवालगायतका जिल्लामा ३८ देखि ३९ डिग्री सेल्सियस आसपास अधिकतम तापक्रम पुगेको छ । पूर्वी तराईमा ३६ डिग्री आसपास अधिकतम तापक्रम पुगेको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *