काठमाडौं । नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन् ।
प्रहरी प्रधान कार्यालयले उनलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी दिएको हो । गत केही दिन अघि २८ जना एसएसपीको सरुवा भएको थियो ।
त्यसमा अधिकारीले ट्राफिक प्रहरी कार्यालयको जिम्मेवारी पाएका हुन् । अधिकारीले आजैदेखि ट्राफिक प्रहरीको जिम्मेवारी सम्हालेका छन् । उनलाई आज ट्राफिक प्रहरी तथा कर्मचारीले स्वागत गरेका थिए ।