काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरुको आज हुने भनिएको शपथ कार्यक्रम स्थगित भएको छ ।
प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाकोे स्वास्थ्यमा समस्या आएको भन्दै अचानक काठमाडौं हिँडेपछि शपथग्रहण कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
प्रदेश प्रमुखको कार्यालयद्वारा बुधबार सार्वजनिक गरिएको सूचनामा उल्लेख गरिए अनुसार आज दिउसो १ बजे तोकिएको शपथ समारोह स्थगित गरिएको हो ।
प्रदेश प्रमुख आजको समारोहमा उपस्थित हुन नसक्ने भएकाले शपथ ग्रहण कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको बताइएको छ ।
मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई मन्त्री नियुक्त गरेका थिए ।