मुख्य समाचार

प्रतिनिधिसभा बैठक आकस्मिक समय : रासायनिक मल अभाव हुन नदिन माग

प्रतिनिधिसभा बैठक आकस्मिक समय : रासायनिक मल अभाव हुन नदिन माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद अमनलाल मोदीले डोल्पा जिल्लामा निर्माण गर्ने भनिएको जगदुल्ला जलविद्युत् आयोजनाको खरिद प्रक्रियमा अनियमिता भएको  आरोप लगाउँदै छानविन गर्न माग गरेका छन् । उनले भने,“ आयोजनाको खरिद प्रक्रियामा कानून विपरीत काम भएको बुझिएको  छ । यसबारेमा छानबिन गर्नुपर्छ ।”

उनले सो  जलविद्युत् आयोजनामा सार्वजनिक खरिद ऐन र नियमावली विपरीत काम भएको आरोप समेत लगाउँदै  नेपालबाट भएको अवैध पुँजी पलायन रोक्न र विदेश गइसकेको रकम फिर्ता गर्न आवश्यक प्रक्रिया थाल्न  माग गरेका छन् । 

बैठकमा सांसद विमला सुवेदीले आज कोटेश्वर तिनकुने क्षेत्रमा सार्वजानिक यातायातले ठक्कर दिँदा एक जनाको ज्यान गरेको र तीन जना घाइते भएको जनाउँदै मृतकको परिवारलाई क्षतिपूर्ति र घाइतेलाई सहज स्वास्थ्य उपचारको व्यवस्था मिलाउन माग गरेकी छन् । सरकारले २० वर्ष पुराना सवारीसाधन विस्थापन गर्ने नीति लिएको भए पनि यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको पनि उनको भनाइ छ । 

सांसद प्रभु साहले तराईका सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलले नागरिकलाई दुःख दिन नहुने  बताएका छन् । उनले रासायनिक मल अभाव हुन नदिने तर्फ ध्यान दिन सरकारसँग माग गरेका छन् । 
रासस 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *