काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो एक वर्षमा १ सय ३७ मुद्दा दर्ता गरी ७ सय ५३ जना प्रतिवादीविरुद्ध ६ अर्ब १ करोड, ८४ लाख ७२ हजार ६९२ रुपैयाँ ८३ पैसा बिगो माग दाबी गरेको छ ।
आयोगले आर्थिक वर्ष २०८१/८२ मा मात्र ३७ हजार २६ वटा भ्रष्टाचारजन्य कसुर, पदीय दुरुपयोग, सार्वजनिक सम्पत्तिको नोक्सानीलगायतका कसुरमा उजुरी प्राप्त गरेको जनाएको छ । आयोगका प्रवक्ता राजेन्द्रप्रसाद पौडेलका अनुसार ३७ हजार २६ वटा उजुरीमध्ये २९ हजार ७०३ वटा अर्थात् ८० प्रतिशत उजुरीको प्रारम्भिक अध्ययन स्व्रिmनिङ पूरा भइसकेको छ। ११ हजार ६० वटा उजुरी कारबाहीको प्रव्रिmयामा छन् ।
आयोगले ९ सय २७ वटा उजुरी विस्तृत अनुसन्धान भएको र १७ हजार १३० वटा तामेलीमा राखिएको जनाएको छरु। अन्य ५ सय ८६ वटा उजुरी सुझावसहित तामेलमा राखिएको जनाएको छ । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिएको आयोगको पैतिसौँ वार्षिक प्रतिवेदन अनुसार पछिल्लो एक वर्षमा मुद्दा दर्ता गरिएकामा सबैभन्दा बढी १३५ वटा भ्रष्टाचारजन्य कसुर र अन्य दुई वटा सम्पत्ति शुद्धीकरणका छन् ।
यसमध्ये ३७ वटा घुससम्बन्धी छन् । ३५ वटा गैरकानुनी लाभ हानीसम्बन्धी, २६ वटा नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी, २४ वटा सार्वजनिक हानी नोक्सानीसम्बन्धी, आठ वटा गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा र अन्य चार वटा विविध विषयमा रहेको आयोगले जनाएको छ ।
आयोगले मुद्दा दर्ता गरेकामा सबैभन्दा बढी ६ सय १९ जना पुरुष र ९४ जना महिला र ४० वटा विभिन्न सङ्घ संस्था गरी ७ सय ५३ जना प्रतिवादी छन्रु। आयोगले सार्वजनिक गरेको विवरणमा सबैभन्दा बढी ३८ प्रतिशत भ्रष्टाचारजन्य कसुरका उजुरी स्थानीय तह निकाय अन्तर्गत रहेको पाइएको छ ।
विवरण अनुसार १४ हजार १५६ वटा उजुरी स्थानीय तह र चार हजार १७३ वटा स्थानीय तह शिक्षा रहेको पाइएको छ ।