एजेन्सी । हप्तौंदेखिको अन्तर्राष्ट्रिय दबाब र प्यालेस्टाइनी क्षेत्रमा बढ्दो भोकमरीको संकटपछि इजरायली सेनाले गाजा पट्टीमा मानवीय सहायता गरेको जनाएको छ ।
मानवीय संकट बढ्दै जानुका साथै अन्तर्राष्ट्रिय दबाब पनि बढ्दै गएपछि इजरायल मानवीय कोरिडोर मार्फत राहत उपलब्ध गराउन सहमत भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इजरायली रक्षा बल (आईडीएफ) ले आइतबार बिहान एक विज्ञप्ति जारी गर्दै एयरड्रप (आकाशबाट राहत खसाल्न) अनुमति दिएको बताएको थियो ।
यसरी खसालिएको राहतमा अन्तर्राष्ट्रिय निकायले उपलब्ध गराउने पिठोसहित चिनी र प्याकेटका खानेकुरा छन् । त्यस क्षेत्रमा एक महिनादेखि खाद्यान्न अभावका कारण लाखौँ मानिसको कुपोषणको जोखिममा रहेको बताउँदै अन्तर्राष्ट्रिय निकायले यस साताभर इजरायललाई मानवीय सहायताका लागि दबाब दिँदै आएका थिए ।
आइडिएफले मानवीय कुरामा आफू सचेत रहेको कुरा जनाएको छ । आइडिएफले डी साल्टेसनको पनि व्यवस्था गरेको छ । यसले नौ लाख जनालाई सहयोग पुग्ने अपेक्षा गरिएको समाचारमा उल्लेख छ । यसअघि मार्च महिनादेखि गाजामा इजरायलले राहत वितरणमा रोक लगाएको थियो । यसमा मे महिनामा फेरि थप प्रतिबन्द लगाएको थियो ।
विश्व स्वास्थ्य कार्यक्रमले जनाए अनुसार ९० हजार महिला तथा बालिका अहिले कुपोषणबाट पीडित भएका छन् । इजरायलसँग युद्ध शुरु भएदेखि हालसम्म कुपोषणका कारण मृत्यु हुनेको कुल संख्या १२२ पुगेको छ ।