Siddarth bankविज्ञापन
समाज

स्याफ्रुबेँसी रसुवागढी सडक पुनः अवरुद्ध

स्याफ्रुबेँसी रसुवागढी सडक पुनः अवरुद्ध

काठमाडौं ।  नेपाल चीनको सिमानामा अवस्थित ल्हेन्दे खोलामा मंगलबार राति आएको बाढीले स्याफ्रुबेँसी रसुवागढी सडकमा पुनः क्षति पुर्‍याएको छ । 

ल्हेन्दे खोलामा आएको बाढीले गत असार २४ गतेको बाढीबाट जोगिएको टिमुरे सुक्खा बन्दरगाहको माटो बगाएको र नदी कटानले सडकमार्ग क्षति भएका कारण साना ठूला सबै प्रकारका सवारीसाधन टिमुरे खण्डको आवतजावत पूर्ण रूपमा बन्द भएको हो । 

रातिको बाढीले सडक संरचनाबाहेक अन्य धनजनको क्षति नभएको बताइएको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *