समाज

भिजिट भिसा प्रकरणमा संसदीय समिति गठन नभएसम्म सदनमा विरोध जारी राख्ने रास्वपाको निर्णय

भिजिट भिसा प्रकरणमा संसदीय समिति गठन नभएसम्म सदनमा विरोध जारी राख्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा संसदीय छानविन समिति गठन नभएसम्म सदनमा विरोध जारी राख्ने निर्णय गरेको छ । 

रुपन्देहीको भैरहवामा बुधबार बसेको रास्वपा संसदीय दलको बैठकले भिजिट भिसाको आवरणमा भ्रष्टाचार र बेतिथि मौलाएको निष्कर्ष निकाल्दै संसदीय छानविन समिति गठन नभएसम्म सदनमा विरोध जारी राख्ने निर्णय गरेको हो । 

बैठकले सदनमा जारी आन्दोलनलाई फराकिलो बनाउदै सडकबाट समेत आन्दोलन गर्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । बैठकले भूमि, निजामति, शिक्षा लगाएतका विधेयकमाथि संसदको क्षेत्राधिकारलाई तोडेर आक्रमण भएको भन्दै सदनमा शसक्त भएर आवाज उठाउन समेत सांसदहरुलाई निर्देशन दिएको छ ।  

बैठकले लुम्विनी प्रदेशका जनताले भोग्नुपरेका समस्या, लुम्विनीको पर्यटन क्षेत्रमा देखापरेका अप्ठेरा लगाएतका बिषयलाई सदनमा लैजाने निर्णय पनि गरेको छ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *