काठमाडौ। सभामुख देवराज घिमिरेले आज बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र प्रमुख सचेतक सन्तोष परियारसँग छलफल गरेका छन् ।
भेटमा सभामुख घिमिरेले बजेटमा व्यापक छलफल हुनुपर्ने बेला अवरुद्ध हुँदा जनतामा गलत सन्देश गएको बताए ।विपक्षीले उठाएका मुद्दाहरू गम्भीर भएकाले नै आफूले २ हप्ता सहमतिका लागि संसद् रोकेको उल्लेख गर्दै उनले अब रोक्ने अवस्था नभएको बताए ।
एक घण्टा भएको छलफलमा रास्वपाका कार्यवाहक सभापति र प्रमुख सचेतक परियारले आफूहरूले जनताका वास्तविक समस्या उठाएको भए पनि सरकार गम्भीर नभएकाले संसद् अवरोधको बाध्यात्मक बाटो रोज्नुपरेको बताएको छ ।
रास्वपाले मुद्दाबाट पछाडि फर्किन सक्ने अवस्था नभएको तर निकासका लागि छलफल र संवादमा रहेको पनि सभामुखलाई भनेको छ ।