समाज

रास्वपाद्वारा तीनकुने घटनामा मारिएका एभिन्यूजकर्मी रजकको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

रास्वपाद्वारा तीनकुने घटनामा मारिएका एभिन्यूजकर्मी रजकको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीनकुने घटनामा मारिएका एभिन्यूजकर्मी सुरेश रजकको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । 

पार्टी स्थापनाको तेस्रो वर्षगाँठको अवसरमा रास्वपाले रजकका परिवारलाई ३ लाख रुपैयाँ आर्थिक सहयोग उपलव्ध गराएको हो । 

रजकको घरमै पुगेर सहयोग रकम हस्तान्तरण गर्दै रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले घटनाको सत्यतथ्य छानबिनका लागि संसदमा आवाज उठाउने बताए । 

महामन्त्री बुर्लाकोटीले रजक मारिएको घटनामा राज्यले नै घुसपैठ गराएको हुनसक्ने आरोप समेत लगाए ।

सो अवसरमा रजकका परिवारले न्यायका लागि पहल गरिदिन रास्वपालाई आग्रह गरेका थिए । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *