समाज

राजावादीहरुले आज काठमाडौंको सिफल चौरमा प्रदर्शन गर्दै

राजावादीहरुले आज काठमाडौंको सिफल चौरमा प्रदर्शन गर्दै

काठमाडौं । राजसंस्था र हिन्दु राज्य पुनस्र्थापनाको मागसहित आन्दोलनरत राजावादीहरुले आज काठमाडौंको सिफल चौरमा प्रदर्शन गर्दैछन् । 

राजावादीहरुको आन्दोलनको नेतृत्व गर्दै आएको संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले दिउँसो दुई बजेबाट सिफल चौरबाट प्रदर्शन शुुरु हुने बताएका हुन् । 

उनीहरुले सोमबार विरोध प्रदर्शन गरेका थिएनन् । राजावादीहरुले सोमबार बेलुका दिवंगत राजपरिवारका सदस्यहरुको स्मृतिमा कमलादीस्थित गणेश मन्दिर परिसरमा दीप प्रज्वलन गरेका थिए । जेठ १९ गते नारायणहिटी दरबार हत्याकाण्ड भएको स्मृतिमा शोक मनाउन भन्दै प्रदर्शन नगरेका राजावादीहरुले आज भने प्रदर्शनलाई निरन्तरता दिने भएका हुन् । 

गणतन्त्र घोषणा भएको दिन जेठ १५ गतेदेखि राजवादीले निरन्तर प्रदर्शन गर्दै आएका छन् । आन्दोलन राजसंस्था र हिन्दुराज्य पुनस्र्थापना नभएसम्म जारी रहने राजवादी संघसंस्थाको भनाइ छ । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *