समाज

लायन्सको अन्तर्राष्ट्रिय  निर्देशक पदका लागि  ३२५ आईबाट राजन लम्सालको उम्मेदवारी

लायन्सको अन्तर्राष्ट्रिय  निर्देशक पदका लागि  ३२५ आईबाट राजन लम्सालको उम्मेदवारी

काठमाडौं । लायन्स क्लबका पूर्व डिष्ट्रिक्ट गभर्नर तथा सामाजिक अभियन्ता लायन राजन लम्सालले लायन्स क्लब इन्टरनेशनलको अन्तर्राष्ट्रिय निर्देशक  पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।

नेपालमा लायनिज्मको विकास र विस्तारमा उल्लेखनीय योगदान पुर्‍याएका लम्सालले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको पहिचान स्थापित गर्न संकल्प व्यक्त गर्दै उम्मेदवारी दिएका छन् । उनी यही जेठ २४ गते शनिबार हुने निर्वाचनका लागि उम्मेदवार बनेका हुन् ।

लम्सालको उमेद्वारी लायनिजमको नयाँ अध्याय र नेपाली सेवाभावको अन्तर्राष्ट्रिय आवाज भएका उनी  खारिएको अनुभव, स्पष्ट दृष्टिकोण र समर्पण सहितको नेतृत्वले नेपाली लायन अभियानमा परियोजना भित्र्याउने, प्रभाव विस्तार गर्ने र संस्थागत समृद्धिमा टेवा पुर्‍याउने सबैले  बिश्वास राखेका छन् । देश भरका लायन्स कल्बमा आवद्ध ५० हजार बढि लायन कर्मिहरु मध्ये निर्वाचनमा करिब २५ सयले मतदान गर्ने  छन् ।  लम्सालले  तिन दशक देखी  सामाजिक सेवामा पूर्ण रूपले समर्पित हुने प्रण गर्दे  सहयोगी हातहरू’ नामक संस्था स्थापना समेत गरेका छन् ।

 सन् २०१०–११ मा डिष्ट्रिक्ट गभर्नर बन्दा उनले ६५ नयाँ क्लब स्थापना गरी लायन इतिहासमै कीर्तिमान राखेका उनले  मल्टिपल काउन्सिल चियरपर्सन, एसएफएमडी चेयरपर्सन, जीएलटी र जीएमटी को–अर्डिनेटर जस्ता विभिन्न जिम्मेवारीमा सक्रिय रहँदै नेपाली लायन बादलाई सफल बनाउन ठूलो  योगदान गरेका छन् ।  

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *