समाज

सांसद श्रेष्ठको प्रश्न : कानून संसदले बनाउने कि संघसंगठनले ?

सांसद श्रेष्ठको प्रश्न : कानून संसदले बनाउने कि संघसंगठनले ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले ऐन, कानून जननिर्वाचित संसदले बनाउने कि संघसंगठनले बनाउने भन्दै प्रश्न गरेकी छन् । 

शनिबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद श्रेष्ठले ऐन, कानून संघसंगठनले बनाउने हो भने जननिर्वाचित संस्था र गणतन्त्रको के काम भन्दै आक्रोश व्यक्त गरेकी हुन् । 

उनले नेताहरु राजनीतिक भाषण दिन जान्ने तर कुनकुन कानूनले काम गर्छ भनेर थाहा नपाउने अवस्था रहेको बताइन् । भएका छलफल र सहमति कार्यान्वयनमा नलैजाने हो भने समितिमा छलफल गर्नुको कुनै अर्थ नहुने उनको भनाई थियो । 

सांसद श्रेष्ठले हाल कायम रहेको विभिन्न खालका शिक्षकको मानक कहाँ हुने र शिक्षकहरुको मापिङ के ? भनेर पटक पटक तथ्यांक मागिएपनि अहिलेसम्म प्राप्त हुन नसकेको बताइन् । 

उनले विभिन्न प्रकारका शिक्षकको समायोजनका विषयमा अझैपनि स्पष्ट रुपमा उल्लेख हुन नसकेको दाबी गरिन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *