मुख्य समाचार

पुटिन र जेलेन्स्कीसँग शिखर सम्मेलनको राम्रो सम्भावना छ : ट्रम्प

पुटिन र जेलेन्स्कीसँग शिखर सम्मेलनको राम्रो सम्भावना छ : ट्रम्प

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग शिखर सम्मेलन हुने सम्भावना रहेको बताएका छन् । 

आफ्ना दूत स्टिभ विटकफ र रुसी राष्ट्रपति पुटिनबीच वार्तापछि ट्रम्पले ह्वाइट हाउसमा पत्रकारहरूसँग दुवै नेताबीच शिखर बैठकको धेरै राम्रो सम्भावना रहेको जानकारी दिएका हुन् । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ह्वाइट हाउसले रूसले अमेरिकी राष्ट्रपतिसँग भेट्ने इच्छा व्यक्त गरेको  र ट्रम्प राष्ट्रपति पुटिन तथा जेलेन्स्की दुवैसँग भेट्न खुला रहेको जनाएको छ । क्रेमलिनले पनि मस्कोमा भएको रचनात्मक वार्ताको क्रममा दुवै पक्षले सकारात्मक सन्देश आदानप्रदान गरेको जानकारी दिएको छ । 

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि ट्रम्पसँग स्टिभ विटकफको भ्रमणबारे छलफल गरेको जनाएका छन् । छलफलमा युरोपेली नेताहरू पनि संलग्न रहेका थिए । अमेरिकी दूत र राष्ट्रपति पुटिनविचको भेटवार्ता ट्रम्पले रूसलाई युक्रेनमा युद्धविराममा सहमत हुन समयसीमा दिएको केही दिनपछि भएको हो । 

रूसले सहमति नजनाए नयाँ प्रतिबन्धहरूको सामना गर्नुपर्ने चेतावनी राष्ट्रपति ट्रम्पले दिँदै आएका छन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *