काठमाडौं । पर्साको ठोरी गाउँपालिका–४ माली बस्तीनजिकै भारततर्फ जाने बाटोमा पाटेबाघ मृत फेला परेको छ ।
आज (आइतबार) बिहान साढे ७ बजे आसपासमा ठोरीको मालीवस्तीस्थित हुलाकी सडकभन्दा अन्दाजी ५०० मिटर दक्षिणतर्फ पाटेबाघ मृत अवस्थामा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार ठोरीका स्थानीयले पाटेबाघ मृत अवस्थामा भेटिएको प्रहरीलाई सूचना दिएका थिए । पर्सा प्रहरीका अनुसार प्रहरीचौकीबाट सो स्थान चार किलोमिटर दुरीमा पर्छ ।
पर्सा राष्ट्रिय निकुञ्जले मृत भेटिएको पाटेबाघको मुचुल्का बनाएर शव परीक्षणका लागि निकुञ्ज लगेको जनाएकाे छ ।
पाटेबाघको बाहिरीभागमा सामान्य चोटपटक देखिएको बताइएको छ ।