मुख्य समाचार

नेपाल प्रिमियर लिग पहिलो सिजनको आम्दानी र खर्चको विवरण सार्वजनिक

नेपाल प्रिमियर लिग पहिलो सिजनको आम्दानी र खर्चको विवरण सार्वजनिक

काठमाडौं  । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो सिजनको आम्दानी र खर्चको विवरण सार्वजनिक गरेको छ ।

मूलपानीमा बिहीबार बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले पहिलो संस्करणमा कुल आम्दानी २७ करोड ६९ लाख ६४ हजार आठ सय १८ रुपैयाँ रहेको जनाएको छ । 

प्रतियोगितामा २० करोड १५ लाख ७३ हजार पाँच सय ५९ रुपैयाँ खर्च भएको छ । आय–व्ययपछि ७ करोड ५३ लाख ९१ हजार दुई सय ५९ रुपैयाँ नाफा देखिएको छ । त्यसमा ८ फ्रेञ्चाइज टोलीहरूलाई ५० प्रतिशत राजस्व बाँडफाँड गरिएको छ । त्यो रकम ४ करोड ३७ लाख ४० हजार चार सय ७० रुपैयाँ छ । 

बाँडफाँडपछि क्यानको नाफा २ करोड ४६ लाख ५० हजार ७ सय ८९ रुपैयाँ रहेको छ । लिगमा क्यानलाई साढे दुई करोड नाफा भएको विवरणमा उल्लेख छ । 

गत वर्ष सम्पन्न एनपीएलको पहिलो संस्करणमा अनियमिता भएका विषयहरु बाहिरिएपछि क्यानमा विवाद उत्पन्न भएको थियो । 
 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *