समाज

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान जाने

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान जाने

काठमाडौं ।  प्रधानमन्त्री के.पी. शर्मा ओली तुर्कमेनिस्तान भ्रमणमा जाने भएका छन् । 

सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी साउन १८ गतेदेखि २३ गतेसम्मको लागि प्रधानमन्त्री ओलीको भ्रमण अनुमोदन गरेको हो । 

प्रधानमन्त्री ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलनमा सहभागी हुन तुर्कमेनिस्तानको अभाजा जाँदै छन्।

उक्त सम्मेलन साउनको तेस्रो साता अभाजामा आयोजना हुँदैछ । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *