काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भएको छ ।
मन्त्री हेरफेर लगायत सरकारका कामकारवाहीबारे छलफल गर्न सत्तारुढ प्रमुख दल एमाले र नेपाली कांग्रेसका शीर्ष नेता बालुवाटारमा भेला भएका हुन् ।
बालुवाटारमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र गृह मन्त्री समेत रहेका नेता रमेश लेखक तथा एमाले उपाध्यक्ष तथा अर्थ मन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी रहेको बताइएको छ ।