Siddarth bankविज्ञापन
स्थानीय खबर

प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमणमा जाने

प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमणमा जाने

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमणमा जाने भएका हुन् ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ओलीको यो भ्रमण सम्भवतः अहिलेसम्मकै छोटो भारत भ्रमण हुनेछ । ३१ भदौमा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने र १ असोजमा काठमाडौं फर्कने तालीका छ । 

भारतीय समकक्षी नरेन्द्र मोदीका तर्फबाट निम्ता आएपछि प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन् । 

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *